aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

नाडामा अर्को समूहको टिम घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ मंसिर २०७८
नाडामा अर्को समूहको टिम घोषणा

काठमाडौं । अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा भन्ने नाराका साथ नेपालका विभिन्न स्थानमा रहेका अटो व्यवसायीहरुसँग ध्रुव थापा उसको प्यानलले आफ्नो छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गर्दै आज दिउँसो ३ बजे काठमाडौमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष पदका उमेद्वार ध्रुव थापाले आफ्नो टीममा रहेका सदस्यका उमेद्वारहरुको परिचय गराएका थिए । नाडाका वर्तमान सदस्य तथा थापा प्यानेलबाट उम्मेदवारी दिएका कपिल शिवाकोटीले संचालन गरेका थिए । कार्यक्रममा नाडाको नयाँ निर्वाचनले सवल, सक्षम र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर कामगर्न सक्ने व्यक्तिको खांची रहेको बताए।

कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारलाई स्वागत गर्दै अध्यक्ष पदका प्रत्याशी थापाले आफ्नो टीमको प्रतिवद्धता सार्वजनिक गर्दै आफ्नो टीममा रहेका सदस्यहरुको व्यवसायीक क्षमताको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै थापाले भने हामीले सबै प्रदेशका साथीहरुसंग अन्तक्रिया गरेका छौं । छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न हामी प्रतिवद्ध रहेका छौ ।

थापा प्यानलको प्रतिबद्धता प्रदेश स्तरीय संरचनालाई अधिकार दिने व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने आदि रहेका छन्।

अबका दिनमा नाडाले आफ्नै भवनमा काम गर्ने वातावरण सृजना गर्न भवन निर्माणको लागि पहल कदमी चाल्ने साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता पनि घोषणा गरेका छन् । अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन् ।

थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठ ज्यूलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेर नयाँ इतिहासमा रचेका छन् । थापाले अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरुलाई समेटेर समावेशी समूहको निर्माण गरेका छन् । नाडाको इतिहास मै यस्तो समावेशी प्यानल पहिलो पल्ट बनेको हो ।

प्रतिक्रिया दिनुहोस