एजेन्सी । कट्रिना कैफलाई बलिउडमा स्थापित गर्ने नायक सलमान खान उनको विवाहमा सहभागी हुने छैनन् । यो खबरको पुष्टि सलमानकी बहिनी अर्पिताले गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन । अर्पिताले एक अन्तर्वार्तामा कट्रिनाले खान परिवारलाई विवाहको निम्तो नदिएको बताएकी छिन् । सलमान १० डिसेम्बरमा रियादमा ‘दबंग टुर’ मा सहभागी हुँदैछन् ।
यसअघि कट्रिनाको विवाहको लागि सलमान, उनका दिदीबहिनी र परिवारलाई आधिकारिक निमन्त्रणा पठाइएको खबर आएको थियो । अग्निहोत्रीको विवाहमा सलमानका बहिनी अर्पिता खान शर्मा र अलविरा खान सहभागी हुनेछन् । केही साताअघि सलमान यो विवाहमा सहभागी हुने खबर पनि आएको थियो । तर त्यसपछि भने सलमानको शेड्युल निकै व्यस्त भएकोले उनले कट्रिनाको विवाह पनि मिस गर्न सक्ने बताइएको थियो ।
कट्रिनाले सलमानलाई विवाहका लागि निम्तो नगरे पनि यसले दुवैको व्यावसायिक प्रतिबद्धता भने असर गर्ने छैन । विवाहपछि कैट र सलमान कबीर खान निर्देशित ‘टाइगर ३’ को लागि सँगै सुटिङ गर्नेछन् । यसअघि सलमान र कट्रिनाले मैने प्यार क्यूँ किया, एक था टाइगर, टाइगर जिन्दा है, भारत, पार्टनर, युवराज, बडीगार्डमा सँगै काम गरिसकेका छन् ।
विवाहमा करण जोहर, वरुण धवन, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीजस्ता धेरै सेलिब्रेटीहरू सहभागी हुनेछन् । यस विवाहमा फिल्म निर्माता, निर्देशक र अभिनेताका अलावा पीएमओका अधिकारीहरू पनि विशेष अतिथिको रूपमा उपस्थित हुनेछन्।
कट्रिनाको विवाहमा सहभागी हुन प्रधानमन्त्री कार्यालयका ५ जना अधिकारी सवाई माधोपुर पुग्नेछन् । टाइगरसँगै अब बिहेमा आउने विशेष अतिथिलाई पनि घडियाल सफारी दिइने भएको छ । पाहुनाका लागि रणथम्बोरमा ४५ वटा होटल बुक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस