
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाट भएको छ । कम्पनीले असोज १५ गते देखि कात्तिक २९ गते सम्म निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयरको मंसिर १६ गते बाँडफाँट भएको जानकारी गराएको हो । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
उक्त शेयरमा ६ हजार १८० जनाले शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव ४७६८ कित्ता शेयर बाँडफाँट भएको कम्पनीले जानकारी गराएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको हकप्रद शेयरमा विक्री नभएको २७ हजार २५७ दशमलव २ कित्ता शेयर लिलामीमा विक्री गर्नेछ ।
प्रतिक्रिया दिनुहोस