
एजेन्सी । भारतमा मनी लान्ड्रिंगको आरोपमा जेलमा रहेका सुकेश चन्द्रशेखर मुद्दामा शनिबार पटियाला हाउस कोर्टमा आरोपपत्र दायर भएको छ । सुकेश चन्द्रशेखरमाथि तिहाड जेलबाट २०० करोड रुपैयाँ ठगी गरेको आरोप रहेको छ । प्रहरीले दायर गरेको दुईवटा मुद्दामा अनुसन्धान गरिरहेको छ ।
आरोपपत्रमा ८ जनालाई अभियुक्त बनाइएको बताइएको छ । जसमा सुकेश चन्द्रशेखर, लिन मारिया पल, दीपक रामदानी, प्रदीप रामदानी, वकिल मोहन राज, अरुण मुथु, हवाला व्यवसायी अवतार सिंह कोचर, कमलेश कोठारी रहेका छन् ।
आरोपपत्रमा अभिनेत्री ज्याकलिन फर्नान्डिज र नोरा फतेहीको नाम पनि उल्लेख गरिएको छ । सुकेश र ज्याकलिनबीचको कुराकानी जनवरी २०२१ देखि सुरु भएको थियो र सुकेशले ज्याकलिनलाई १० करोड रुपैयाँ उपहार पनि दिएका थिए । जसमा गरगहना, हीरा, ३६ लाखको चार पर्शियन बिरालो र ५२ लाखको घोडा समावेश छन् ।
सुकेश जेलमा हुँदा ज्याकलिनसँग फोनमा कुरा गर्थे । सुकेश जमानतमा जेलबाट बाहिर आएपछि उनले चेन्नईको लागि चार्टर्ड उडान बुक गरेका थिए । उनले ज्याकलिनका लागि ज्याकलिनको मुम्बईदेखि दिल्लीसम्मको फ्लाइट बुक गरेका थिए । त्यसपछि दुवै चेन्नईको एक होटलमा बसे ।
प्रतिक्रिया दिनुहोस