aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बीमा समितिले स्वीकृत गर्यो रिलायन्स लाईफको लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
बीमा समितिले स्वीकृत गर्यो रिलायन्स लाईफको लाभांश

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को लागि प्रस्ताव गरेको लाभांश बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आइतवार नेप्सेमार्फत सुचना जारी गर्दै मंसिर १६ गते लाभांश प्रस्ताव  बीमा समितिले स्वीकृत गरेको जानकारी दिएको हो । 

कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । 

प्रतिक्रिया दिनुहोस