
काठमाडौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा २४ दशमलव ७२ गुणाले कम्पनीको खुद नाफामा बृद्धि भएको छ ।
गत वर्ष २ करोड ३७ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम विद्युत विक्री गरेको कम्पनीको राइट ब्याक प्रोभिजनका कारण नाफामा उल्लेख्य बृद्धि भएको हो । राइट ब्याक प्रोभिजन अघि २ करोड ९८ लाख ३ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले ६१ करोड ७२ लाख ४७ हजार रुपैयाँ राइट ब्याक प्रोभिजन गरेकाले खुद नाफा गर्न सफल भएको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी गत वर्र्षको भन्दा घटेको छ । गत वर्ष विद्युत विक्रीबाट ६ करोड ६४ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष साढे ७९ प्रतिशत कम १ करोड ३५ लाख ७६ हजार रुपैयाँ मात्र विद्युुत विक्रीबाट आम्दानी गरेको हो ।
विद्युत विक्री आम्दानीमा कमि र व्यवस्थापकिय खर्च बृद्धि भएसँगै कम्पनी १ करोड ४७ लाख ४१ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । हाल कम्पनीको चुक्तापूूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ छ । खुद नाफामा उल्लेख्य बृद्धि भएसँगै गत वर्र्षसम्म ३८ ककरोड १० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष रकम ऋणात्मक अवस्थादेखि सुधारिएर २३ करोड २२ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४१ दशमलव ३१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११६ दशमलव ७६ रुपैयाँ छ । कम्पनीलार्ई नेपाल सरकारले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजना निर्माणका लागि कात्तिक २८ गते अनुमति पत्र प्रदान गरेको छ ।
प्रतिस्पर्धा गराइ बोलकबोल माध्यमबाट अनुमति पत्र प्रदान गर्ने नीति लिई गराईएको प्रतिस्पर्धामा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोत्कृष्ट ठहरिएको थियो । उक्त आयोजनामा गरिएको लगानीमध्य ६१ करोड ७२ लाख ४७ हजार रुपैयाँ राइट ब्याक प्रोभिजन गरिएको जानकारी समेत कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस