aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड कलाकारको विवाह रोजाइमा शाही प्यालेस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
बलिउड कलाकारको विवाह रोजाइमा शाही प्यालेस

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफले आफ्नो प्रेमी विक्की कौशलसँग डिसेम्बर ९ मा विवाह गर्दैछिन् । दुवैले विवाहको विशेष दिनको लागि सवाई माधोपुरमा सिक्स सेन्स फोर्ट बुक गरेका छन् जहाँ भीआईपी विवाहको तयारी सुरु भएको छ । बलिउड सेलिब्रेटीहरूले आफ्नो विवाहलाई शाही बनाउन प्यालेस रोजेको यो पहिलो पटक भने होइन ।  

बलिउडकी देसी गर्ल प्रियंका चोपडाले सन् २०१८ मा अन्तर्राष्ट्रिय पप स्टार निक जोनससँग विवाह गरेकी थिइन् । यो विवाहलाई विलासी बनाउनको लागि जोडीले जोधपुरको उम्मेद भवन प्यालेस बुक गरेका थिए । जहाँ विवाह समारोह पाँच दिनसम्म चलेको थियो । यस विवाहमा उपस्थित सबै भीआईपी पाहुनाहरूलाई दरबारमा नै बस्ने व्यवस्था गरिएको थियो ।  जसमा करिब साढे तीन करोड रुपैयाँ खर्च गरिएको थियो ।

अभिनेत्री श्रिया सरनले २०१८ मा प्रेमी आन्द्रेई कोचेसेभसँग विवाह गरेकी थिइन् । दुवैले विवाहका लागि उदयपुरको देवगढ दरबार रोजेका थिए । यो कुल ५५ कोठा भएको हेरिटेज होटल हो । प्रत्येक कोठाको फरक नाम दिइने यो होटलको आफ्नो विषेशता रहेको छ ।  जुन पूर्ण रूपमा शाही थिममा डिजाइन गरिएको छ । मानिसहरूले यस दरबारमा झूमर, सेतो फूल र मैनबत्तीको सुन्दर सजावट मन पराउँछन् ।

बलिउड अभिनेत्री रविना टण्डनले सन् २००४ मा व्यापारी अनिल थडानीसँग विवाह गरेकी थिइन् । उदयपुरको जगमन्दिरमा दम्पतीले विवाह गरेका थिए । विवाहको लागि दरबारलाई फूल र फूलले सजाइएको थियो । यस दरबारबाट जग मन्दिरको सुन्दर दृश्य देखिन्छ । 

अभिनेता नील नितिन मुकेशले प्रेमिका रुक्मणी सहायसँग २०१७ मा उदयपुरको र्याडिसन ब्लू प्यालेस रिसोर्टमा विवाह गरेका थिए । यस रिसोर्टमा एक रात बस्नको लागि प्रत्येक कोठाको लागि १७ देखि २५ हजार रुपैयाँ खर्च हुन्छ । यो दरबार सिटी प्यालेसबाट २.९ किलोमिटर टाढा छ । यो जोडीको विवाह समारोह तीन दिनसम्म चलेको थियो । जसमा उद्योगका धेरै प्रतिष्ठित व्यक्तिहरूले भाग लिएका थिए । 

अभिनेता आयुष शर्माले सन् २०१४ मा सलमान खानकी बहिनी अर्पितासँग विवाह गरेका थिए । दम्पतीले विवाहको लागि शाही गन्तव्य रोजेका थिए । दुवैले हैदराबादको ताज फलकनुमा प्यालेसमा विवाह गरेका थिए । यहाँ एक रात बस्ने कोठा भाडा ५० हजार रुपैयाँ छ ।

हलिउड सेलिब्रेटी केटी पेरीले २३ अक्टोबर २०१३ मा रन्थम्बोर टाइगर सेन्चुरी नजिकै रहेको अमन–ए–खासमा रसेल ब्रान्डसँग विवाह गरिन् । यो विवाह हिन्दु परम्परा अनुसार भएको थियो । बिहेमा जम्मा ८५ भीआईपी पाहुनाहरु सहभागी भएका थिए जसमा करोडौं खर्च गरिएको थियो । दम्पतीले विवाहका लागि २१ वटा ऊँट, हात्ती, घोडा बुकिङ गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस