
एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री कट्रिना कैफ विक्की कौशलसँग विवाहको चर्चामा चलिरहेको छ । डिसेम्बर ९ मा राजस्थानको बर्वारामा विवाह गर्दैछन् । पछिल्लो रिपोर्ट अनुसार उनका साथी सलमान खानले पनि कट्रिना कैफको विवाहको तयारीमा सहयोग गरिरहेका छन् ।
विवाह स्थलको सुरक्षा सलमानका अंगरक्षक शेरालाई दिइएको छ । वास्तवमा सलमानका अंगरक्षक शेराले सेक्युरिटी कम्पनी चलाउँछन् । उनको कम्पनीको नाम टाइगर सेक्युरिटी हो । योसँगै दम्पतीको विवाहका लागि देश तथा विदेशका विभिन्न राज्यबाट तरकारी पनि माग गरिएको छ ।
कट्रिना र विक्कीको विवाहको भेन्यू सिक्स सेन्स फोर्टको सुरक्षाको सम्पूर्ण जिम्मा अब शेराको कम्पनीको हातमा छ । कार्यक्रम स्थलमा धेरै बलिउड सेलिब्रेटी र भीआईपी अतिथिहरू उपस्थित भएको रिपोर्टहरू छन् । त्यसैले शेराको कम्पनी बाहेक बर्वरा प्रहरीको पनि सहयोग लिइएको छ । रिपोर्टका अनुसार आज ६ डिसेम्बरमा कट्रिना र विक्की राजस्थान पुगेका छन ।
कट्रिना र विक्कीको बिहेका लागि देश तथा विदेशका विभिन्न राज्यबाट तरकारी अर्डर गरिएको छ । थाइल्याण्डबाट पनि धेरै प्रकारका तरकारीहरू अर्डर गरिएको छन । यसैबीच कर्नाटकबाट रातो केरा र च्याउ आयात गरिएको छ । यसका साथै पालक, बन्दागोभीलगायत अन्य धेरै तरकारी पनि कर्नाटकबाटै ल्याइएका छन् ।
प्रतिक्रिया दिनुहोस