aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यी १५ वटा वित्तीय सस्थामा सिआस्बा भएकाले हिमाल दोलखाको शेयर भर्न नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
यी १५ वटा वित्तीय सस्थामा सिआस्बा भएकाले हिमाल दोलखाको शेयर भर्न नपाउने

काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले अषाढ २५ गतेबाट निष्कासन गरेको साधारण शेयरमा १५ वटा वित्तीय सस्थामा सिआस्बा खाता भएका लगानीकर्ताले शेयरमा आवेदन दिन नपाउने भएका छन् । विभिन्न १५ वटा वित्तीय संस्थाको सी–आस्बा कारोबारलाई नेपाल धितोपत्र बोर्डले रोक्का गरेको छ । अर्को निर्णय नभएसम्मका लागि भन्दै ती कम्पनीमार्फत सी–आस्बाको कारोबार गर्न नमिल्ने भएकाले हिमाल दोलखाको शेयरमा आवेदन दिनबाट बन्चित भएका हुन  ।

सी–आस्बा रोकिएका वित्तीय संस्थामा भार्गव विकास बैंक, देवः विकास बैंक, गण्डकी विकास बैंक, ज्योति विकास बैंक, कन्काई विकास बैंक, जेविल्स फाइनान्स, गोर्खाज फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, रिलायन्स फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्स, तिनाउ विकास बैंक र पोखरा फाइनान्स रहेका छन् ।

त्यस्तैगरि, गत असार २५ गतेबाट विक्री खुला गरेको हिमाल दोलखाको शेयर विक्री खुला गरेको थियो २९ गतेसम्म माग अनुसारको शेयरमा आवेदन नपरेपछि समय बढाएको छ । हिमाल दोखलाको शेयर भर्न अब साउन २४ गतेसम्म खुला गरिएको छ । 

प्रतिक्रिया दिनुहोस