aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कट्रिनाको विवाहमा को को सहभागी हुँदैछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
कट्रिनाको विवाहमा को को सहभागी हुँदैछन् ?

काठमाडौं । कट्रिना कैफ र विक्की कौशलको विवाहमा दुबैको हल्दी समारोह आज बिहान ११ बजे सुरु हुनेछ । त्यसपछि विभिन्न कार्यक्रम हुनेछन् । आज पनि बिहेमा धेरै ठूला सेलिब्रेटीहरु आउन सक्छन् । 

जसमा शाहरुख खान, करण जोहर, ऋतिक रोशन, अनुष्का शर्मा, विराट कोहली र अक्षय कुमार उक्त विवाह समारोहमा सहभागी हुने छन । सवाई माधोपुरस्थित होटल ताजमा अक्षय कुमारको बस्ने व्यवस्था मिलाइएको छ । यससँगै शाहरुख, विराट र ऋतिकका लागि होटल ओबेरोयमा बुकिङ गरिएको छ ।

विवाह समारोह डिसेम्बर ९ मा दिउँसो १ बजे सुरु हुनेछ । सबैभन्दा पहिले विक्कीको सेरा बन्द हुनेछ, विक्की ३ बजे मण्डपमा पुग्नेछन्, साँझमा जोडीले सात चक्कर लगाउनेछन् । ७ डिसेम्बरमा मेहंदीको कार्यक्रम थियो, त्यसपछि साँझ राजस्थानी संगीत समारोह थियो। बिहेमा सांगीतिक कार्यक्रम आज र भोलि पनि चल्ने छ । ७ तारिखमा, पञ्जाबी गायक गुरदास मानले पनि विक्की क्याटको संगीत समारोहलाई पञ्जाबी गीतहरूद्वारा सुसज्ति गर्नेछन।

प्रतिक्रिया दिनुहोस