
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश वार्षिक साधारण सभा मार्फत पारित गर्ने बाटो खुलेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ को प्रिमियम वाहेक वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत र नगद लाभांश २ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट मंसिर २० गते स्वीकृती प्राप्त भएकाले कम्पनीलाई आगामी वार्षिक साधारण सभामार्फत पारित गराउने बाटो खुला भएको हो । नियामक निकाय बीमा समितिमार्फत भने कम्पनीले असोज ४ गतेनै स्वीकृति प्राप्त गरेको थियो ।
कम्पनीले बीमा समितिको निर्देशन बमोजिम लाभांश प्रस्ताव पारितमार्जन गरेको थियो । यस अघि कम्पनीको असार ७ गतेको सञ्चालक समितिको बैठकले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
परिमार्जन पछि कम्पनीको लाभांशमा नगद लाभांश मात्र १ प्रतिशत कम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस