aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विराटनगर र पर्वतको विभिन्न स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
विराटनगर र पर्वतको विभिन्न स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । युवा र विद्यार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो ।  

क्याम्पस प्रमुख दिपेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले प्रशिक्षण दिए । अभियानका जिल्ला अध्यक्ष खड्क नारायण उडावले संचालन गरेका कार्यक्रममा केन्द्रिय सदस्य सरोज पौडेल र जिल्ला सदस्य हरुको उपस्थिति थियो ।  

त्यसै गरी मंसिर १४ देखि १७ गते सम्म पर्वत जिल्लाको सदरमुकाम र ग्रामिण भेगमा पनि ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन भएको छ । गुप्तेश्वर बहुमुखि क्याम्पस कुस्मा, जनज्योती माध्यमिक विद्यालय ठानामौला फलेवास, पर्वत बहुमुखि क्याम्पस देवीस्थान फलेवास, मोदी पुस्तकालय देविस्थान फलेवास, भवानी विद्यापिठ फलेवास र युवा क्लव लिमिठाना फलेवासमा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।   

उक्त सबै कार्यक्रमहरु क्याम्पस प्रमुख र क्लव अध्यक्षको अध्यक्षता भएको तथा उक्त बीमा जागरण कार्यक्रममा ३० देखि ६० जनाको उपस्थिति थियो ।  कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले प्रशिक्षण दिएका उक्त कार्यक्रम कम्पनीका कर्मचारी विनिता शर्मा अधिकारी र लक्ष्मण आचार्यले संचालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस