काठमाडौं । मेगा मोटर्सले आइतवार एक कार्यक्रमका बिच आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । उक्त वार्षिकोत्सवको अवसरमा मेगा मोटर्सका संरक्षक राजेन्द्र पल तथा पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले संयुक्त रुपमा केक काटेर आठौं वार्षिकोत्सव मनाएका छन् । साथै वार्षिकोत्सवको अवसर पारेर आजै ललितपुरको ग्वार्कोमा दोस्रो सोरुम समेत खोलेको छ ।
मेगा मोटर्सले करिव एक वर्ष अघि देखि निसान र ड्याटसन गाडी बिक्री गर्दै आएको छ ।
कार्यक्रममा पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले छोटो समयमै ‘बेस्ट डिलर’ मध्ये एक बन्न सफल भएकोमा मेगा मोटर्सलाई बधाई ज्ञापन गर्दै यसमा भिजनरी लिडरसिपको भूमिका महत्वपूर्ण भएको बताए । आगामी दिनमा निसान र ड्याटसनका थप नयाँ मोडलका गाडीहरु समेत नेपाल भित्रिने जानकारी दिदै उनले यी सबै गाडीको बिक्री–वितरणमा मेगा मोटर्सको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका सचिव अनुपकुमार बरालले अटोमोबाइलमा बिगत पाच बर्षदेखी सारै कटिन रहेको अबस्थामा पनि मेगा मोटर्सका प्रबन्ध निदेशक महेश पालले ठुलो संघर्षका साथ यहाँ सम्म आउनु ठुलो जित भएको बताए ।"आजको दिनसम्म आउनका लागि सन्दिप सरलाई जसरी टिमले नै सहयोग गरेको छ ,त्यो प्रशंसा गर्न लायकको छ ।"
बरालले अटोमोबाइल सेक्टरमा चुनौती थपिएको भन्दै जहिले पनि मोबिलिटी जोडिने र मोबिलिटी बिना जीवन नै असम्भव हुने भएकाले यसलाई विलाशीताको साधन नभई आवश्यकताको साधनको रुपमा लिइनु पर्ने बताए । साथै उनले मेगा मोटर्स जहिले पनि सफलतातिर उन्मुख भइरहेको बताउदै आगामी दिनमा समेत सफलतापूर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।
सो अवसरमा पायोनियर मोटोकर्पका एजीएम ज्ञानेन्द्र चन्द र अन्य विशिष्ट पदाधिकारीहरुका साथै अन्य विभिन्न ब्यक्तित्वहरुले सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उक्त अवसरमा नेपाली अटोमोबाइल क्षेत्रका लागि विशिष्ट योगदान पुर्याएका पत्रकारहरुलाई सम्मान गरिनुका साथै अनाथ बालबालिकालाई संरक्षण गर्दै आइरहेको सामुदायिक वाल उद्धार केन्द्रलाई सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको थियो ।
मेगा मोटर्सले पहिलो सोरुम पानीपोखरीमा स्थापना गरेको छ । मेगा मोटर्सका प्रबन्ध निदेशक महेश पालले आगामी दिनमा समेत यो क्षेत्रमा थप क्रियाशील भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस