aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

टिभिएसले नयाँ मोटरबाइक रेडर सातै प्रदेशमा सार्वजनिक गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
टिभिएसले नयाँ मोटरबाइक रेडर सातै प्रदेशमा सार्वजनिक गर्ने

काठमाडौं । टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा सार्वजनिक गर्न लागेको छ ।  गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा सार्वजनिक गर्न लागेको हो। कम्पनीले सातै प्रदेशमा ‘टीभीएस रेडर ( सप्तरंग–३’ हुने जनाएको छ ।

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ कला मार्फत् जनमानसमा सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताइएको छ। कला संस्कृतिलाई उजागर गर्दै २४ मंसिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा समापन हुने आयोजकले जानकारी दिएको छ। काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर सम्पन्न हुनेछ। 

‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी र मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी रहने आयोजकले जनाएको छ। 

सप्तरंग–३ लाई  टीभीएसले मुख्य प्रायोजन गर्देछ। कम्पनीले आफ्नो नयाँ मोटरसाइकल रेडर मार्फत्  सप्तरंग–३ मा सामेल हुन लागेको बताएको छ। केही साता अघिमात्र नेपाली बजारमा सार्वजनिक गरिएको टीभीएस रेडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिक(अपका कारण रोजाइमा परेको कम्पनीले जनाएको छ। सातै प्रदेशमा सप्तरंगसँग आबद्ध भै टीभीएस रेडर पनि सातै प्रदेशमा लन्च गरिने बताइएको छ। 

नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाईलाई प्रष्टाउन खोजेको कम्पनीको दावी छ । 

प्रतिक्रिया दिनुहोस