aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कट्रिनाको विवाहमा जानेको मोबाइलमा ‘डिजिटल मिडिया सेक्युरिटी स्टिकर’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
कट्रिनाको विवाहमा जानेको मोबाइलमा ‘डिजिटल मिडिया सेक्युरिटी स्टिकर’

एजेन्सी । विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । यो शाही विवाहको गोप्यता कायम राख्न विवाहमा आउने हरेक पाहुनाले शून्य मोबाइल नीति अपनाउनुपर्ने नियम बनाइएको छ ।

विवाहको समयमा कुनै पनि पाहुनालाई मोबाइल फोन भित्र लैजान निषेध गरिएको छ । यसैबीच, कसैले कुनै महत्त्वपूर्ण काममा आफ्नो मोबाइल लैजान चाहेमा उसको मोबाइलको क्यामेरामा ‘डिजिटल मिडिया सेक्युरिटी स्टिकर’ जडान गरिँदैछ । 

यसो गर्दा, तिनीहरूले भित्र कुनै पनि प्रकारको फोटो र भिडियो लिन पाउने छैन । स्रोतका अनुसार कसैले यो स्टिकर हटाउने प्रयास गरेमा कानुनी कारबाही गरिन समेत जनाइएको छ ।

यसअघि मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाहमा यो प्रविधि प्रयोग गरिएको थियो । आज पनि कोही अम्बानीको घरभित्र पस्दा मोबाइल स्टिकरको प्रोटोकल पालना गर्नुपर्ने नियम रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस