aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

पठाओद्वारा  तीन सय जना क्याप्टेनलाई जीवन रक्षा कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
पठाओद्वारा  तीन सय जना क्याप्टेनलाई जीवन रक्षा कार्यक्रम

काठमाडौं । स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर)हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ । 

करिब तीन सय जना क्याप्टेनलाई प्राथमकि उपचार र घाइते अथवा विरामीलाई अस्पताल लग्दा अपनाउनु पर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । क्याप्टेनहरुलाई जीवन रक्षकका रुपमा स्वास्थका कुरामा अझ सम्वेदनशील बनाउन कार्यक्रम गरिएको हमालको भनाइ छ ।

काठमाडौ उपत्यकामा अस्पताल पुग्नको लागि यात्रुहरुको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ । फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडिमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुन सक्छ । हमाल थप्छिन्, ‘हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ । यसैले क्याप्टेनहरुलाई स्वास्थ सम्वेदनशीलता प्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।’

तालिममा विरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेस गरिएको बताइएको छ । अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रीवी शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सन्चालन गरिएको बताइएको छ । पठाओ नेपालको उद्देश्य भनेको सडकहरूमा प्राथमिक उपचार सहयोगीहरूको उपलब्धता बढाउनु भएको हमाल बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस