
एजेन्सी । हुन्डाई मोटर इन्डियाले विद्युतीय सवारी साधनको बढ्दो मागलाई मध्यनजर गर्दै नयाँ र अध्याधुनिक विद्युतीय गाडी ल्याउने तयारी गरेको छ । २०२८सम्म, ५ इलेक्ट्रिक कारहरू एकपछि अर्को गर्दै विश्व बजारमा ल्याउने तयारी गरेको हो । हुन्डाईले विद्युतीय सवारी साधन निर्माण गर्न विशेष ई-जीएमपी मोड्युलर आर्किटेक्चर विकास गरेको छ। कम्पनीले अब यसलाई भारतीय बजारमा लन्च गर्ने भएको छ ।
हुन्डाईका यी आगामी विद्युतीय गाडीहरू विभिन्न डिजाइनका हुने कम्पनीले दावी गरेको छ । कम्पनीले प्रिमियम र लक्जरी क्षेत्रमा आम मानिसको प्रयोगका आधारमा लन्च गर्नेछ । कम्पनीले विद्युतीय सवारी मात्र लन्च गर्दैन । बरु, यसले देशमा चार्जिङ पूर्वाधार पनि विकास गर्ने जनाएको छ। यसका लागि स्थानीय कम्पनीसँग सहकार्य गरिनेछ ।
प्रतिक्रिया दिनुहोस