
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचन आज हुँदैछ । नयाँ नेतृत्वका लागि बिहीवार ८ बजेदेखि सोल्टी होटलमा मतदान शुरू हुने भएको हो ।नयाँ नेतृत्वका लागि सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियसनको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।
चौधरीसँग सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड, हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका साथ रहेको छ। चौधरीको प्यानलबाट सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, नेपाल जेनरल मार्केटिङका अभिक ज्योति, एमएडब्लुका मिलनबाबु मल्ल, अग्नि इन्कर्पोरेटेडबाट बरदान बस्नेत, आइएमई मोटर्सबाट निशान ढकाल उम्मेद्वार छन् ।
चौधरी प्यानलबाट सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी उम्मेदवार छन् । सम्पूर्ण अटोक्षेत्र प्रतिनिधित्व गर्ने गरी चार पांग्रे, दुई पांग्रे, ब्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर, पार्टस्, हेभिइक्युपमेन्ट जस्ता सबै क्षेत्रलाई समेटेर प्यानल बनाइएको उनको भनाई छ।
त्यस्तै, नाडामा अर्का उम्मेदवार ध्रुब थापाले आफ्ना टिम बनाएर उम्मेदवारी दिएका छन्। अटोमोबाइल क्षेत्रको सबै पक्षलाई समेटेर समावेशी टिम बनाएको दाबी गरेका छन । थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित, बि एन पाठक, दिपेन्द्रकुमार मिश्र रहेका छन् ।
त्यस्तै, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस् कंसाकार, सञ्जयकुमार खेतान र महिला प्रतिनिधिमा यमुना श्रेष्ठ रहेका छन् । नाडाको नयाँ नेतृत्वका लागि आगामी मंसिर २३ गते काठमाडौंमा हुने निर्वाचनमा हाल नाडाको उपाध्यक्ष रहनुभएका करण चौधरीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।
थापाको प्यानलबाट लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक निराकार श्रेष्ठ, गो फोर्डका प्रवन्ध निर्देशक आकाश गोल्छा र जगदम्बा मोटर्सका महाप्रवन्धक दीपक अग्रवालले उम्मेद्वारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस