aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कौशल र कट्रिनाले लैगिंक रुढिवादी पुनः परिभाषित गरेकोमा बधाई छ : कंगाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
कौशल र कट्रिनाले लैगिंक रुढिवादी पुनः परिभाषित गरेकोमा बधाई छ : कंगाना

एजेन्सी । विक्की कौशल र कट्रिना कैफ आज(बिहीबार) डिसेम्बर ९ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह बन्धनमा बाँधिदैछन् । यसैबीच, विक्की र कट्रिनाको विवाहलाई लिएर अभिनेत्री कंगना रनौटको प्रतिक्रिया सार्वजनिक भएको छ । कंगनाले नाम नलिइकन कट्रिनाको प्रशंसा गर्दै सामाजिक सञ्जालमा पोस्ट शेयर गरेकी छिन् । यससँगै उनले विक्की र कट्रिनाबीचको उमेरको अन्तरबारे पनि टिप्पणी गरेका छिन् । यसका साथै उनले अहिले बलिउडका सफल र ठूला अभिनेत्रीहरूले युवा कलाकारसँग विवाह गरेर स्टेरियोटाइप तोड्दै गएको पनि बताएकी छिन् ।

कंगना रनोटले पोस्ट सेयर गर्दै लेखेकी छिन्, “ठूलो भएर हामीले सफल धनी पुरुषहरूले आफूभन्दा कान्छी वा कम उमेरका महिलासँग विवाह गर्ने धेरै कथाहरू सुनेका छौं। महिलाहरूलाई आफ्ना पतिभन्दा बढी सफल हुन स्वीकार गरिएन र यसलाई ठूलो संकटको रूपमा हेरिएको थियो।“

कंगना रनोटले थप लेखेकी छिन्, “यस्ता महिलाहरूलाई कम उमेरका केटाहरूसँग विवाह गर्न दिनुहोस्, पहिले बढी उमेर भएपछि विवाह गर्न गाह्रो हुन्थ्यो। तर, अहिले भारतीय फिल्म उद्योगले ठूलो सफलता पाएको देखेर राम्रो लाग्यो। धनी र सफल महिलाहरू लैगिंक विभिद तोड्दै छन्। स्टेरियोटाइपहरू। लिङ्ग स्टिरियोटाइपहरू पुनः परिभाषित गरेकोमा पुरुष र महिला दुवैलाई बधाई छ।“

यद्यपि कंगना रनौटले आफ्नो पोस्टमा कसैको नाम भने राखेका छैनन् । तर, उनले विक्की र कट्रिनातर्फ इशारा गरेको देखिन्छ । जसमा कट्रिना आफ्नो भावी पति विक्कीभन्दा ५ वर्ष जेठी छिन्। कट्रिना ३८ वर्षकी छिन् भने विक्की ३३ वर्षकी छन् । कंगनाले यो उमेरको अन्तरलाई लिएर आफ्नो प्रतिक्रिया दिएकी छिन् र यो उमेरको अन्तरलाई विवाहमा राम्रो कदम भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस