
एजेन्सी । मिडिया रिपोर्टका अनुसार कट्रिना कैफले आफ्नो विवाहको ७५ प्रतिशत खर्च बेहोर्ने भएकी छि । यातायात, सुरक्षा, पाहुना खर्च उनले हेर्ने भएकी हुन । विवाहसँग सम्बन्धित सबै ठूला निर्णय उनी आफै लिन्छिन् । अर्कोतर्फ, विक्कीले बाँकी २५ प्रतिशत खर्च गरिरहेका छन् ।
कट्रिना कैफले आफ्नो पुरानो भिडियोमध्ये एक विवाह र सम्बन्धको बारेमा एक स्टाटस शेयर गरेकी छिन । अभिनेत्रीले भनेकी छिन– ‘विवाह नहुँदासम्म म अविवाहित हु । त्यसैले सधैं आफ्नो भनाइमा अडिग रहनेछु । त्यसबेलादेखि अहिलेसम्म प्राविधिक रूपमा म अविवाहित नै छु ।’
मिडिया रिपोर्टहरूमा यो पनि भनिएको छ कि विक्की कौशल विवाहमा मिडिया कभरेज प्रतिबन्धबाट धेरै खुसी छैनन् । विक्कीलाई पनि स्थान त्यति मन परेन । तर, कट्रिनाले विवाहसँग सम्बन्धित हरेक ठूला निर्णय लिइरहेकी छिन् र विक्कीले उनलाई साथ दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस