aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पठाओको लुटको धन्दा कहिले बन्द हुन्छ सरकार ?

  • अनुषा थापा
    अनुषा थापा
  • विहीबार, २३ मंसिर २०७८
पठाओको लुटको धन्दा कहिले बन्द हुन्छ सरकार ?

रातो प्लेटको सवारी साधनले यात्रु बोक्ने थालेको वर्षौ बितिसकेको छ । पठाओ नाम दिएर सवारीले ऐनकानुन विपरीत यात्रु बोकेको छ । निजी प्लेटका सवारीले यात्रु बोक्ने नमिल्ने कानुनमा स्पष्ट छ । 
तर, पठाओले ०४९ सालको यातायात ऐनले निजी प्लेटको सवारी साधनले यात्रु बोकेर पैसा कमाउने नपाउने कानुन मिचेर पैसा कमाइरहेको छ । हाल पठाओमार्फत सञ्चालन भएका सम्पुर्ण सवारी साधन निजी प्लेटअन्तर्गत दर्ता भएका छन् । 

कानुन विपरित व्यवसाय सञ्चालन गर्ने पठाओले आफुखुसी भाँडा बढाएर जनता ठगिरहेको छन् । एउटा निजी कम्पनीको अगाडि नेपाल सरकार लम्पसार परेको छ । यात्रुले यात्रा गरेका छन् तर पठाओ कम्पनीले तोकेजति भाँडा तिरेरका पनि छन् । यात्रुलाई यात्रामा सहजता भएको महशुस सबै गरेका छन् । तर, गैरकानुनी तरिलकाल सञ्चालन भइरहेको यो कम्पनीलाई कानुनी दायरामा ल्याएर पठाओ चढेबापत लिनुपर्ने भाँडा सरकारले किन तोकेन ? जब पठाओ कम्पनीको स्थापना भए तबदेखि उसले आफै भाँडा तोकेको छ । 

अहिले आयल निगमले इन्धनको भाउ बढाएसंगै पठाओ कम्पनीले आफुखुसी दर बढाएको छ । यात्रुले अब पठाओमा यात्रा गर्दा प्रतिकिमि दुई रुपैयाँ बढी तिर्नुपर्नेछ । पठाओ चालकलाई समेत भाँडाको बारे अत्तोपत्तो छैन् । 

कसैले १७ रुपैयाँ भन्छन् त्यतिमै यात्रा गराउँछन् । कुनैले कम्पनीले तोकेको १९ रुपैयाँ छ भन्दै त्यति नै असुल्छन् । कम्पनीले निर्धारण गरेको भाँडादर कति हो ? यसबारे सरकार र यात्रु दुवै बेखबर छन् । किलोमिटरमा पनि पठाओ चालकले यात्रुलाई ठगेका छन् । 

देखाउने बेला पाँच किमिको बाटो देखाउदै पैसा लिन्छन् । तर, भित्री र छोटो बाटो हुदैं गन्तब्यसम्म पुप्याउछन् । जनता ठग्ने यो सबैभन्दा राम्रो उपाय हो । पठाओले यात्रुलाई बिल समेत दिदैनन् । पठाओ कम्पनीको दैनिक कमाइ दुईदेखि चार हजार हो  र ?

हाल पाँच लाख दुई पाङग्रे सवारी साधनले यात्रु बोक्ने अनुमान गरिएको छ । एउटा मोटरसाइकलको दैनिक कमाइ दुई हजार मात्र भएपनि पाँच लाखले कति कमाउला ? यसबाट पठाओ कम्पनीको दैनिक आम्दानी कति होला ? 

स्पष्ट रुपमा भन्ने हो भने पठाओ कम्पनीले करोडौंको व्यापार गर्दछ । सेवा दिने भन्दै पठाओले अप्रत्यक्ष रुपमा जनता ठगेर करोडौं रुपैयाँको व्यापार गर्छ । यता, पठाओ कम्पनीले राज्यलाई राजस्व पनि तिर्दैनन् । भारी राजस्व छली गर्ने प्रमुख व्यापार व्यवसायमा पठाओ कम्पनी पनि समावेश भएको छ । 

यात्रुले तिरेको भाँडादरको बीस प्रतिशतको हकदार पठाओ कम्पनी हुन्छ भने ८० प्रतिशत चालकको हातमा पर्छ । पठाओ कम्पनीसंग जोडिनको लागि पहिल्यै नै दुई हजार पाँच सय रुपिँया जम्मा गर्छन् सवारी चालक । पठाओमा केही हदसम्म सहज भएपनि यसमा यात्रा गर्नु जोखिमपुर्ण छ । 

पठाओको भाँडादर निकै नै महँगो छ । तैपनि पठाओ कम्पनीले यात्रुलाई सकुशल गन्तब्यसम्म पुप्याउने ग्यारेण्टी लिन सकेको छैन् । पठाओ मार्फत यात्रा गर्ने यात्रुको बीमा गराएको हुदैन् । मोटरसाइकल र चालकको मात्र बीमा गराइएको हुन्छ । 

एउटा स्कुटर वा मोटरसाइकलले दिनमा चार हजार मात्र आम्दानी गर्याे भने पनि मासिक एक लाख बीस हजार हुन्छ । दुई हजार मात्र आम्दानी गर्नेले महिनाको ६० हजार कमाउछन् । यिनीहरुले न राज्यलाई प्रत्येक चार महिनाको रोड परमिट तिर्छ । 

न जाँचपास गर्छ, प्रदुषणको पैसा पनि तिर्नपदैन् । यिनीहरु कम्पनी र घरेलुमा गएर पञ्जीकरण समेत भएका छैनन् । पठाओले आम्दानी गरेबापत  राज्यलाई राजस्व तिर्दैन् । तर, पठाओलाई कानुनी दायरा लगेर दर्ता गराउने हो भने राज्यको ढुकुटीमा राजस्व आँउछ । 

यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले बनाएको ऐनकानुन विपरीत निजी प्लेटको सवारीले यात्रु बोक्दा पनि सरकार मौन छ । यात्रु बोकेर पैसा उनीहरुले कमाएको छन् । तर, राज्यले राजस्व पनि पाएका छैनन् भने मनलाग्दी भाँडा राखेर जनता ठगेका छन् । 

सवारी साधनमा यात्रा गर्दा तिर्नपर्ने भाँडा निर्धारण गर्ने हक सरकारमा छ । यसको जिम्मा सरकारले यससम्बन्धी मातहतका निकायलाई दिएको छ । तापनि पठाओ कम्पनीले मनलाग्दी भाँडा निर्धारण गरिरहेको छ । के सरकारभन्दा शक्तिशाली पठाओ कम्पनी हो ? 

पठाओ कम्पनीले पैसाको आडमा यो काम गरिरहेको छन् । राजनितिक दल र सरकारी निकायकै संरक्षणमा पठाओ कम्पनीको जनता ठग्ने मनोबल बढेको हो । निजी प्लेटको सवारी साधनले खुलम्खुल्ला यात्रु बोकेर मनलाग्दी पैसा असुल्दा ट्राफिक महाशाखा कँहा छ ? 

पठाओ कम्पनी मार्फत ट्याक्सी बुकिङ गर्यो भने सुरुमै गाडी नै नचलिकन डेढ सय रुपैँया तिर्नुपर्छ । मेट्रो ट्याक्सी चढ्नेबित्तिकै ९९ रुपैँया तिर्न यात्रु बाध्य छन् । ट्याक्सीको निमित्त सरकारले निर्धारण गरेको भाँडारेटः ट्याक्सीमा गएर चढ्नेबित्तिकै १४ रुपैँया हो ।  

त्यस्तै, प्रत्येक किमि ३९ रुपैँया तोकिएको छ । तर, पठाओ चढ्ने बित्तिकै सेवा शुल्क बापत डेढ सय रुपैँया तिर्नुपरेको छ । देशका नागरिकहरु नयाँ ट्याक्सीको दर्ता खोल्लौ भनेर बारम्बार भनिरहेको छन् । 
अहिले भएको ३९ लाई घटाएर २५ मा ट्याक्सी चलाउछौ भन्दा पनि सरकार सुन्दैन् । ट्याक्सी व्यवसायीहरु नयाँ ट्याक्सीको दर्ता कुनै पनि खोल्न दिदैनन् । लामो समयदेखि ट्याक्सीको दर्ता बन्द छ । ट्याक्सीका भएको सिण्डिकेट नहटाउदा यसको फाइदा पठाओ कम्पनीले लिएको छ । 

ट्याक्सीमा भएको विकृति रोक्न नसक्दा पठाओ कम्पनीलाई मोज भएको छ । सरकारले कि पठाओमार्फत सञ्चालन भएका मोटरसाइकललाई कालो प्लेटमा दर्ता गर्न निर्देशन दिनपप्यो । होइन् भने यिनीहरुलाई चल्नबाट प्रतिबन्ध लगाउनु पर्यो । पठाओको मनमर्जी अति नै भइसकेको छ । पठाओको लुटको धन्दा प्रत्येक दिन बढ्दो छ । यसको अन्त्य कहिले हुन्छ सरकार ? 
 

प्रतिक्रिया दिनुहोस