aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेरो माइक्रोफाइनान्स लघुवित्तको नवौं वार्षिक साधारण सभा शुक्रवार हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
मेरो माइक्रोफाइनान्स लघुवित्तको नवौं वार्षिक साधारण सभा शुक्रवार हुँदै

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक सासधारण सभा शुक्रवार मंसिर २४ गते हुदैछ । सभा बिहान ११ः३० बजे होटल टावर बिदुर ४ नुवाकोटको सभाकक्षा मा हुने जानकारी गराएको हो । 

सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । त्यसैगरीआव २०७८/७९ को  लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने र यस लघुवित्त अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्न गाभिन वा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ९ गते देखि २४ गते सम्म बन्द रहेको छ । यस आधारमा मंसिर ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस