aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

घलेम्दी हाइड्रोले बोलायो पुस १६ मा साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
घलेम्दी हाइड्रोले बोलायो पुस १६ मा साधारण सभा

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले पुस १६ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा सासा बैक्वेट नयाँबजार काठमाडौंमा बिहान ११ बजे हुने  जानकारी गराएको हो  । 

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने छ । 

साथै, २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक तर्फको सञ्चालक समिती गठन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस