aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रभु बैंकको साधारणसभा पुस १८ गते , १२.६३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
प्रभु बैंकको साधारणसभा पुस १८ गते , १२.६३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । प्रभु बैंक लिमिटेडले पुस १८ गते २० औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मंसिर २२ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १२ दशमलव ६३ प्रतिशत लाभांशलाई पनि अन्तिम रुप दिनेछ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले यस वर्ष गत वर्षभन्दा बढाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि बैंकले शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो । सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि बैंकले पुस ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । सभा भने भर्चुअल माध्यमबाट गर्ने तयारी बैंकले गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस