
एजेन्सी । एसएस राजामौली निर्देशित पेन इन्डियाको फिल्म आरआरआरको ट्रेलरले इन्टरनेटमा धमाका मच्चाएको छ । हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी ५ भाषामा आएको ट्रेलरले २४ घण्टामा ५१.१२ मिलियन भ्युज पाएको छ । फिल्मको हिन्दी ट्रेलर १९.८० मिलियन, तेलुगु ट्रेलर २०.४५ मिलियन, कन्नड ट्रेलर ५.२ मिलियन, तमिल ट्रेलर ३.२५ मिलियन र मलायालम ट्रेलर २.४२ मिलियन भ्युज भएको हो । यो पहिलो भारतीय फिल्म हो जसको ट्रेलरले २४ घण्टामा ५ करोडभन्दा बढी भ्युज पाएको छ ।
आरआरआर बाहेक, अहिले सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड ऋतिक रोशन र टाइगरको फिल्म वारको नाममा छ । जबकि कन्नड अभिनेता यशको फिल्म केजीएफ च्याप्टर २ को टिजरले पनि रेकर्ड तोडेको छ ।
कोभिड १९ का कारण पछिल्ला केही महिनादेखि चलचित्र स्थगित भएको थियो तर यसको टिजर आएपछि फ्यानहरु खुसी भएका छन् । टिजरले रिलिज भएको २ दिनमै १० करोड भ्युज पाएको छ । यो टिजर ११ महिना अघि जनवरी २०२१ मा रिलिज भएको थियो, जसलाई अहिलेसम्म २२८,१६१,२२९ भ्यु र ९ मिलियन लाइक प्राप्त भइसकेको छ ।
सन् २०१९ मा रिलिज भएको ऋतिक रोशन, टाइगर श्राफ र वाणी कपूर स्टारर फिल्म वारले सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड राखेको छ । २ वर्षअघि रिलिज भएको ट्रेलरले १३१,४६३,४३५ भ्यु र १८ लाख लाइक पाएको छ । यो फिल्मले बक्स अफिसमा ४८७ करोडको कलेक्सनका साथ ब्लकबस्टर हिट भएको थियो ।
अहमद खानले निर्देशन गरेको बागी ३ को ट्रेलर अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको ट्रेलर हो । फिल्ममा टाइगर श्राफ, रितेश देशमुख र श्रद्धा कपूर मुख्य भूमिकामा थिए । रिलिजपछि, फिल्मले बक्स अफिसमा पनि राम्रो प्रदर्शन ग¥यो र १३८ करोड भारु कलेक्सन गर्यो ।
प्रतिक्रिया दिनुहोस