
काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार मंसिर २६ गते सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गते बुक क्लोज गरेसँगै मंसिर २६ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी पुस ९ गते साधारण सभा बोलाएको छ ।
सभा बिहान ११ः१५ बजे देखि कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजारमा शुरु हुनेछ । साथै सभाले यस विकास बैंक सँग अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न लगायतका आवश्यक सम्पूर्ण कार्या गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गनेृछ ।
प्रतिक्रिया दिनुहोस