काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । सभा बिहान ११ बजे होटल पिस प्यालेस बागलुङ्ग बजारमा हुने जानकारी गराएको हो ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली समसामयिक थप र शंसोधन गर्ने र कुनै लघुवित्त वित्तीय संस्था सँग यस लघुवित्त एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस