
काठमाडौं । युनाइटेड ट्रेडर्स सिुन्डिकेट टोयोटाको नेपालका लागि आधिकारीक वितरकले नेपालमा पनि टोयोटाको राइज सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै नेपालमा सफल टोयोटाको एसयुभी मोडलको राइज सार्वजनिक गरेको हो ।
कम्प्याक्ट एसयुभी सेगमेन्टको बढ्दो मागसँर्ग टोयोटाले राइज सार्वजनिक गरेको यटिएसका जेनेरल म्यानेजर महेशकुमार एमले बताए । उनले भने, ‘टोयोटा राइज टोयोटाको किउडिआर(क्वालिटी, डिउराविलिटी र रिलाइविलिटी)को प्रतिविम्ब हो ।’
राइज एक पावरफुल र निकै विशेषता भएको प्यासेन्जर कार रहेको उनले बताए । राइज सानो भएता पनि सयमा रहेको २०० एमएम ग्राउण्ड क्लियेरेन्स, ४.९ लिटरको टर्निङ रेसियो, ३६९ लिटरको बुट स्पेस र फराकिलो सिटिङले कारलाई सुविधा सम्पन्न बनाएको कम्पनीले बताएको छ ।
राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेशहरु समेत रहेका छन् । एण्ड्रोयड अटो सहितको ७ इन्चको डिस्प्ले इन्टरनेटका लागि एप्पल कारप्ले सुविधा रहेको छ । राइज नेपालमा चार वटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १.२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक रहेका छन् । जसको मूल्य ६६ लाखदेख ८६ लाख रुपैयाँसम्म रहेका छन्
प्रतिक्रिया दिनुहोस