aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

चिलिमे जलविद्युतले प्रस्ताव गर्यो लाभांश, पुस २३ गते पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ मंसिर २०७८
चिलिमे जलविद्युतले प्रस्ताव गर्यो लाभांश, पुस २३ गते पारित गर्दै

 काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । क्रम्पनीको मंसिर २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापू्ँजीको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चु्क्तापूँजी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार छ । सोही पू्ँजीको आधारमा  कम्पनीले लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय समेत गरिसकेको छ । बुक क्लोजको  आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो । कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको अवस्था छ । आर्थिक वर्ष ०६८÷६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च ५० प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस