aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कौशल कट्रिना कैफ हनिमुन मनाउन माल्दिभ्समा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ मंसिर २०७८
कौशल कट्रिना कैफ हनिमुन मनाउन माल्दिभ्समा

एजेन्सी । नवविवाहित जोडी विक्की कौशल कट्रिना कैफ आफ्नो विवाहपछि १० डिसेम्बर बिहान हेलिकप्टरमा सवाई माधोपुरबाट जयपुरका लागि प्रस्थान गरेका थिए। अहिले विक्की कौशल र कट्रिना कैफ आफ्नो हनिमुन मनाउन माल्दिभ्समा पुगेका छन ।

विवाहपछि यो जोडी पहिले सवाई माधोपुरबाट जयपुर र त्यसपछि त्यहाँबाट दिल्ली पुगे । विक्की–क्याट डिसेम्बर १४ सम्म माल्दिभ्समा हुनेछन् । त्यसपछि कट्रिनाले १५ डिसेम्बरबाट ‘टाइगर ३’ को सुटिङ सुरु गर्नेछिन् । योसँगै विक्की पनि २० डिसेम्बरबाट आफ्नो फिल्मको सुटिङमा फर्किनेछन् ।

विक्की(क्याटको नयाँ घरको भिडियो सेयर गर्दै बलिउड पापाराजीले लेखेका छन्, 'विक्की-कट्रिना हनिमूनबाट फर्किएपछि मुम्बईको जुहूमा रहेको यो नयाँ अपार्टमेन्टमा बस्नेछन्।'

सेलिब्रेटी जोडीले आफ्नो हनिमुनबाट फर्केर काम सुरु गर्नु अघि मुम्बईमा आफ्नो विवाहको लागि भव्य स्वागत समारोह आयोजना गर्न तयार छन्। उनको इभेन्ट टोलीले रिसेप्शनका लागि मुम्बईका ठूला होटलहरू, सहारा स्टार, जेडब्ल्यू म्यारियट लगायतका होटलहरूमा हुने छ । 

प्रतिक्रिया दिनुहोस