
जडीबुटी उत्पादन तथा प्रशोधन लिमिटेडले पनि कर्मचारी तथा शेयरधनीहरुलाई बोनस बाँड्न भएको छ । स्थापनाकाल देखि ३८ वर्षसम्म घाटामा रहेको नेपालको एकमात्र सरकारी कम्पनीको रुपमा रहेको जडिबुटी कम्पनीले ४० वर्षमा पहिलो आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट ७ लाख रुपैयाँ नाफा आर्जन गरी कामदार तथा कर्मचारी तथा शेयरधनीहरुलाई लाभांश वितरण गरेको हो ।
महामारीका कोरोना रुपमा फैलिएको कोभिडको कारण नेपाल गत वर्ष देखिनै आक्रान्त बनेको र पटक पटकको लकडाउनको बेला पनि कम्पनीले नाफा आर्जन गरी कर्मचारीलाई लाभांश वितरण गर्न सफल भएको हो । कोभिडको महामारी फैलिएसँगै बजारमा स्यानिटनइजर र सञ्चोको मागमा वृद्धि हुन थालेपछि कम जनशक्ति र श्रोत साधनलाई अधिकतम परिचालन गरी सन्चोको उत्पादनमा सुधार र वृद्धि गरी आम्दानी गरेका कारण नाफा गर्न सफल भएको कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले नियमित लेखाजोखा परिक्षण गरि सो को प्रतिवेदन समयमै महालेखापरिक्षक कार्यालयमा पेश गर्ने परिपाटीको विकास गर्न लेखापरिक्षणलाई सुधार गर्ने सफ्टवेयरको निर्माण गरेको र विगत २८ वर्ष देखि हुन बाँकी रहेको साधारणसभा समेत सम्पन्न गरेको छ ।
कम्पनीको विगतको कार्य प्रणाली, उत्पादन प्रण्ढाली बिक्री प्रणाली लगायत अन्य क्षेत्रमा गरेको आधुनिकीकरण बाट आर्थिक वर्ष २०७७र७८मा आव २०७६र७७ को भन्दा बढी नाफा आर्जन गरी शेयरधनीहरुलाई अधिकांश लाभांश वितरण गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
हाल आर्थिक वर्ष २०७७र७८को अन्तिम लेखाजोखा परिक्षणभईरहेको कम्पनीले जनाएको छ । उक्त कम्पनी नेपालमा जडिबुटीको खेती उत्पादन संकलन तथा प्रशोधन गरी तिनीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा व्यापार व्यवसाय गर्ने उदेश्यले सरकारले २०३८ सालमा स्थापना गरेको कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस