aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुडवील फाइनान्सद्वारा १३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ मंसिर २०७८
गुडवील फाइनान्सद्वारा १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष 2०७७/७८ को मुनाफाबाट कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । 

 हाल कायम चुक्तापूँजी रू. ८६ करोड ७२ लाखको आधारमा ९ दशमलव १ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस