aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

३८ वर्षपछि नाफा कमाउन थालेको जडीबुटी कम्पनी अब आईपीओको तयारीमा

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • सोमबार, २७ मंसिर २०७८
३८ वर्षपछि नाफा कमाउन थालेको जडीबुटी कम्पनी अब आईपीओको तयारीमा

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले  साधारण शेयर (आइपीओ)जारी गर्ने जनाएको छ । स्थापनाकाल देखि ३८ वर्षसम्म घाटामा रहेको कम्पनीले ४० वर्षको इतिहासमा पहिलो पटक आर्थिक वर्ष २०७६/७७ मा ७ लाख रुपैयाँ खुदनाफा आर्जन गरेसँगै अब सर्वसाधारणमा शेयर विक्रि गर्ने योजना बनाएको हो ।

कम्पनीले आफ्नो वित्तीय स्थिति यही स्थितिमा नाफा आर्जन गर्दै गरेको अवस्थामा अर्को वर्ष सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जडीबुटी उत्पादन तथा प्रशोधनका उपप्रवन्धक रेवतीराज अधिकारीले आर्थिकन्युज डटकमालाई बताए । उनले भने, ‘कम्पनीको नाफा यहि अनुपातमा गयो भने अर्को वर्षसम्ममा आईपीओ जारी गर्नेर्छौ ।’

कोभिड १९ को महामारी फैलिएसँगै अन्य कम्पनीहरु घाटामा गए पनि जडीबुटी कम्पनी भने नाफा कमाउन सफल भएको देखिएको छ । बजारमा सन्चो र स्यानिटाइजरको माग बढेसँगै आम्दानीमा वृद्धिका कारण कम्पनीले नाफा आर्जन गर्न सफल भएको उनले बताए ।

उनी भन्छन्,‘जडीबुटीको उत्पादनलाई व्यवस्थित मार्केटिङ र उत्पादनको विविधिकरण गरेसँगै कम्पनी पनि सुधारको अवस्थामा रहेको छ ।’ उनका अनुसार हाल कम्पनीको अधिकृत पुँजी ५ करोड रुपैयाँ र चुक्ता पुँजी ३ करोड ७६ लाख रुपैयाँ रहेको छ । जसमा ८३ प्रतिशत सरकार शेयर रहेको उनले जानकारी दिए ।  हाल उक्त कम्पनीमा संस्थागत वन पैदवारी विकास समिति कृषि विकास बैंक र नेपाल औषधि लिमिटेडको समेत शेयर रहेको उनले बताए ।

बजारमा वर्षौदेखि जडीबुटी कम्पनीलाई चिनाउने सञ्चोको गुणस्तर र आधुनिक प्रविधिको विकासमा प्याकिङ प्रक्रियामा क्यापिङ गर्ने मेसिनका साथै उत्पादनका लागि छुट्टै भवनको निर्माण समेत भइरहेको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘कम्पनीको विस्तारका लागि विजनेश प्लान बनाएका र्छौ । त्यसका साथै वन मन्त्रालयको पहलमा नेपाल सरकारले १८ करोड रुपैयाँ समेत दिएको छ । जसमा १० करोड रुपैयाँ शेयर र ८ करोड रुपैयाँ ऋणको रुपमा रहेको छ ।’

जडीबुटी उत्पादनको प्रभावकारिता र गुणस्तरका लागि आधूनिक प्रविधिबाट जडीबुटीको खेती सञ्चालन गर्न लागेको उनले बताए । उनले भने,‘जडीबुटी उत्पादनको प्रभावकारिता र गुणस्तरका लागि आधूनिक प्रविधिको खेती सञ्चालन गर्न स्मार्ट खेतीको लागि माष्टर प्लान बनाइरहेका छौं । त्यसलाई प्राविधिक रुपमा विस्तार गरेर अघि बढ्छौ ।’

जडीबुटी उत्पादनबाट विगत ३ वर्षसम्म वार्षिक ४०÷५० लाखको उत्पादन गरेकोमा अहिले ८० लाखसम्मको आम्दानी भएको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले तीन वर्ष अघिसम्म जडीबुटीको उत्पादनबाट वार्षिक ४० देखि ५० लाख सम्म कमाएका थियौ ।’

तर कम्पनीमा नयाँ महाप्रबन्धक आएसँगै विगतको कार्यप्रणाली, बिक्री प्रणाली लगायत अन्य क्षेत्रको सुधार गरी वार्षिक ८० लाख आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए । कोभिडको महामारी बढेसँगै न्युन जनशक्ति र श्रोत साधनलाई अधिकतम प्रयोग गरी अल्कोहलको गन्ध नआउने सन्चो स्यानिटाइजरको पनि उत्पादन गरेको र यसले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको उनले जानकारी दिए ।

यससँगै अन्य उत्पादनको पनिमा र्केटिङ भइरहेको र त्यसको प्रतिक्रिया आउन बाँकी रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘बजारमा अहिले सन्चो सँगै, सन्चो बाम र सन्चो सिलाजितको उत्पादन र मार्केटिङ पनि भइरहेको छ । त्यसको प्रतिक्रिया भने आउन बाँकी रहेको छ ।

मुख्यतया कम्पनीको लोकप्रिय उत्पादन सन्चो लगायत अन्य उत्पादनको बिक्री प्रणालीमा सुधार आएका कारण कम्पनी यो अवस्थामा पुगेको उनले बताए ।  उनले भने, ‘कम्पनी नाफामा जानुको प्रमुख कारण बजारमा सन्चाको माग वृद्धि हुन र यसको आम्दानी नै हो ।’

साथै पहिले कारोबारको ५० प्रतिशत बजारमा माग धानेको सन्चोले अहिले ७० प्रतिशतसम्म धानिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिले कारोबारको ५० प्रतिशत माग सन्चोले धानेको थियो अहिले सन्चोको माग बढेपछि ७० प्रतिशतसम्म बजारको माग धानी रहेको छ ।

सरकारले जडीबुटी उत्पादनमा अहिले कुनै सहयोग नगरेको उनले गुनासो गरे । उनी भन्छन्, ‘पहिले पुर्वाधार विकासमा लगानी गर्यो जग्गा जमिन भवन निर्माण गरिदियो । तर, त्यसपछि वार्षिक रुपमा भने कुनै सहयोग गरेको छैन ।’

३८ वर्षसम्म कम्पनी घाटामा रहेको बेला पनि सरकारले कुनै सहयोग नगर्दा कम्पनीको जग्गा पनि बेचेको उनले बताए । उनले भने, ‘सरकारी बजेट आउँदैन आफैले जडीबुटीको उत्पादन र बिक्री वितरण गरी कर्मचारीहरुलाई तलव दिनुपर्छ ।’

उक्त कम्पनीमा हाल ४० जना स्थायी कर्मचारीहरु रहेका छन् । जसमा करारमा १५ जना छन् । बजारमा जडीबुटीको माग, कामको अनुपात हेरी खेतीको सिजनमा कामदार अरु कर्मचारीहरु थपघट गर्ने गरेको उनले बताए ।

बजारमा अहिले सन्चोसँगै स्यानिटाइजरको माग बढीरहेको कारण हाल २ सयको हाराहारीका कर्मचारीहरु परिचालित रहेको उनले जानकारी दिए । बजारमा सन्चोका साथै स्यानिटाइजरको माग वृद्धि भएकाले कम्पनीको आम्दानी बढेकोले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट कर्मचारीलाई बोनस वितरण गरेको उनी बताउँछन् ।

साथै उनले विगतमा भन्दा यो वर्ष कम्पनीले अझै नाफा गर्ने बताए । उनले भने,‘आर्थिक वर्ष २०७७/७८को अन्तिम लेखापरिक्षण भइरहेको छ । यो वर्ष कम्पनी अझै नाफा कमाउन सक्नेछ ।’ तराईका विभिन्न क्षेत्रहरुमा सुगन्धित तेलहरुको उत्पादन गरी बिक्री पनि गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘तराईका विभिन्न क्षेत्रहरुमा सुगन्धित तेलहरुको उत्पादन गरी बिक्री गर्ने गरेका छौै । बाँकी रहेको त्यही तेल मिसावट गरी सन्चो, हिमालय पेन रिलिफतेल, सन्चो बामर स्यानिटाइजर बनाउछौं ।’

साथै वार्षिक ५० करोड रुपैयाँसम्मको झण्डुबाम नेपालभित्री रहेको बेलात्यसको आयात प्रतिस्थापन गर्न नेपालको हावा पानी अनुसार सन्चो कै बामको निर्माण गरेको उनले जानकारी दिए ।  उनी भन्छन्, ‘नेपालमा वार्षिक ५० करोड रुपैयाँसम्मको झण्डुबाम भित्रिने गरेको छ, त्यसको आयात प्रतिस्थापन गर्न सन्चो बामको निर्माण गरिरहेको छौं । जुन हामीले उत्पादन गरेको सन्चो उत्पादन बच्चादेखि वृद्धसम्मलाई प्रभावकारी र उपयोगी हुन्छ ।’

बजारको मागलाई सन्चो बामले धान्न सक्ने गरी त्यसको उत्पादन र मार्केटिङमा आफूहरु लागेको उनले बताए । जडीबुटी उत्पालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि अधिकांश स्वदेशमै भए पनि बजारको मागलाई धान्ने पर्याप्त मात्रामा भने नरहेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस