
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टमस् लिमिटेड (नेप्स)ले आर्थिक वर्ष २०७७÷७८ मा ४ करोड २९ लाख १८०० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेप्सले कम्पनी संञ्चालन खर्च र आयकर बाट सो बराबरको नाफा कमाएको हो ।
कम्पनीले चार करोड रुपैयाँ नाफा कमाएसँगै सो कम्पनीको चुक्ता पूँजी १७ करोड ६० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ सम्ममा भएको नाफा नोक्सानलाई कम्पनीको जडेडा कोषमा सारिएको कम्पनीले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले संञ्चालन तथा प्रशासनिक खर्च वापत १२ करोड ८ लाख ७२ हजार ८११ रुपैयाँ खर्च गरेको छ । गत वर्ष कम्पनीले ४३ लाख ४० हजार ६७६ रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ९० प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस