aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पुनर्बीमा सम्बन्धी निर्देशनको चौतर्फी विरोध भएपछि अध्ययन समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ मंसिर २०७८
पुनर्बीमा सम्बन्धी निर्देशनको चौतर्फी विरोध भएपछि अध्ययन समिति गठन

काठमाडौं । बीमा समितिले जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको चौतर्फी विरोध भएपछि अध्ययन समिति गठन गरिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो । 

उक्त अध्ययन समितिमा बीमा समितिका निर्देशक शुशिलदेव सुवेदी, निर्जीवन बीमा कम्पनीहरूको तर्फबाट दुई जना, जीवन बीमा कम्पनीको तर्फबाट एक जना, दुई पुनर्बीमा कम्पनीहरूको तर्फबाट एक–एक जना प्रतिनिधि रहने गरी अध्ययन समिति गठन गरिएको हो । 

समितिले यही मङ्सिर  ९ गते बीमाको सिद्धान्त विपरीत नेपालमै रहेका पुनर्बीमा कम्पनीमार्फत मात्रै बीमा गर्न निर्देशन जारी गरेको थियो। नेपालका पुनर्बीमा कम्पनीहरूको रेटिङ र अन्डरराइटिङ क्षमता नेपालका बीमा कम्पनीहरूको रि–इन्स्योरेन्स धान्न सक्ने अवस्था नभएको भन्दै इन्स्योरेन्स कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूले पुनर्बीमा सम्बन्धी निर्देशन परिमार्जन गर्न दबाब दिँदै आएका थिए ।  

प्रतिक्रिया दिनुहोस