
एजेन्सी । २१ वर्षपछि मिस युनिभर्सको ताज भारतको नाममा आएको छ । भारतको पञ्जावकी हरनाज सन्धुले २१ वर्षपछि पुन मिस यनिभर्सको ताज भारत ल्याउन सफल भएकी छिन् । यसअघि सन् २००० मा अभिनेत्री लारा दत्ताले यो उपाधि भारत ल्याएकी थिइन् । इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिएकी हुन् ।
हरनाज सन्धु पञ्जाबको मोहालीका हुन्। उनकी आमा रविन्द्र कौर डाक्टर हुन् । हरनाज सन्धु १७ वर्षको उमेरदेखि नै सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै आएकी छिन् । यसअघि सन् २०२१ मा उनले ‘मिस दिवा २०२१’ को उपाधि जितेकी थिइन् । २०१८ मा उनले फेमिना मिस इन्डिया पञ्जाबको उपाधि जिते र २०१९ फेमिना मिस इन्डिया प्रतियोगिताको शीर्ष १२ मा स्थान बनाएकी थिइन।
प्रतिक्रिया दिनुहोस