aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज मेगा बैंकसहित चार कम्पनीको साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
आज मेगा बैंकसहित चार कम्पनीको साधारण सभा

काठमाडौं । मंगलवार मंसिर २८ गते चार कम्पनीको साधारण सभा हुने भएको छ । मेगा बैंक, सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन । मेगा बैंकले बिहान ११ः१५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलदीमा गर्ने जानकारी गराएको छ । सभाले १० प्रतिशत बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १४ गते एक दिन बन्द गरिसकेको छ । यस आधारमा मंसिर १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैक नेपालले बिहान १० बजे कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वरम ागर्ने जानकारी गराएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ०६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ९ गते सम्म कायम शेयरधनीले साधारण सभा र लाभांश पाउनेछन् ।

सोल्टी होटलले बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय तहाचल काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश  प्रस्ताव गरेको छैन । त्यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिहानको १० बजे होटल पोखरा ग्राण्ड पोखरा १७ पार्दीमा गर्ने जानकारी गराएको छ । सभाले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १४ गते बन्द गरिसकेको छ । यस आधारमा मंसिर १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस