aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सर्पोट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
सर्पोट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १ गते बुक क्लोज गरेसँगै बुधवार मंसिर २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । 

यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी पुस १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार प्रा.लि इटहरीम ागर्ने जानकारी कम्पनीले दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस