aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

युनिलिभर नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
युनिलिभर नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले  आव २०७२÷७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन नआएको तथा दाबी नपरेको हुनाले लिन अनुरोध गरेको हो । 

यो सुचना प्रकाशित भएको मितीले ३० दिन भित्र यस कमपनीको शेयर रजिष्ट्रारको कार्यालय सन्राइज क्यापिटलमा सम्र्पक गरी लिन सक्नेछन । सो अवधिभित्र लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने जानकारी गराएको छ । आव २०७२/७३ को लाभांश भुक्तानी हुन बाँकी रकम रू. ५७ लाख ३६ हजार ४८० रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस