aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेटफ्लिक्सले शुल्क घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
नेटफ्लिक्सले शुल्क घटायो

एजेन्सी । नेटफ्लिक्सले आफ्नो सदस्यता योजनाको मूल्य घटाएको छ । कम्पनीले आफ्ना सबै योजनाको मूल्य घटाएको छ । अब नेटफ्लिक्सको १ महिनाको मोबाइल प्लान मात्र १४९ रुपैयाँ भारुमा पाइने छ । जुन यसअघि १९९ रुपैयाँ भारु थियो । 

योसँगै नेटफ्लिक्स बेसिक प्लानको मूल्य ३०० रुपैयाँले १९९ रुपैयाँ भारु घटाइएको छ । कम्पनीले नयाँ योजनालाई ‘ह्याप्पी न्यू प्राइस’ नाम दिएको छ । नयाँ दर आजदेखि लागू भएको छ । अमेजन प्राइम सदस्यता डिसेम्बर १४ देखि महँगो भएको छ । कम्पनीले प्राइम सब्सक्रिप्शन प्लानको मूल्य ५० रुपैयाँदेखि ५०० रुपैयाँ भारुसम्म बढाएको छ । अब प्रयोगकर्ताहरूले नयाँ वेब सिरिज र चलचित्रहरू हेर्नको लागि धेरै पैसा खर्च गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस