
काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारीक वितरक एसएनआर टेक्नो एण्ड ट्रेड प्रालिले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई पर्यावता प्रदान गर्दै धादिङको बैरेनी ६ गल्छीमा आफ्नो आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । आज एक समारोहबीच बडा अध्यक्ष राजन श्रेष्ठबाट सो मर्मत केन्द्रको उद्घाटन गरिएको हो ।
कम्पनीले सो मर्मत केन्द्र, बीस बर्षदेखि यसै क्षेत्रमा आवद्ध रमेश मोटरसाइकल वर्कशपका प्रोप्राइटर रमेश श्रेष्ठलाई आधिकारीकता प्रदान गरेको हो । श्रेष्ठले आफू यस क्षेत्रमा लागेको २० वर्ष भइसक्दा विभिन्न ब्राण्डका बाइकहरुको राम्रो ज्ञान भएको र विगत ५ वर्षदेखि आएको यस मोटरहेड ब्राण्डका बाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त याण्डसंग आफ आबद्ध भएको बताए ।
हेर्दा नयाँ लुक्स, डिजाइनर फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका बाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय प्रदान गर्दै हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने पर उद्देश्य रहेको बताए ।
कम्पनीले मंगलबार आधिकारीक मर्मत केन्द्रको उद्घाटन गरी आज र भोलि २ दिने एक्सचेञ्ज स्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा १० हजार छुट, फाइनान्समा ७ हजार छुट र एक्सचेञ्ज गर्दा बजार मूल्याकनमा थप १५ हजार पाउने सुविधा रहेको छ ।
प्रतिक्रिया दिनुहोस