aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको नवौँ साधारण सभा मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए ।

आर्थिक बर्ष २०७७/०७८ को कुल मुनाफाबाट संस्थाले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै वित्तीय संस्थाको नवौँ साधारणसभा सम्पन्न भएको हो । वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैँया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैँया पुग्नेछ । 

साधारणसभामा वित्तीय संस्थाको संचालक समितिको तर्फबाट आर्थिक बर्ष २०७७/०७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बुद्धि अकेलाले सम्पूर्ण शेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गराइदिएकोमा धन्यवाद दिए ।

वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस