aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम

काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेबारी पाएको हो ।  

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।  

स्कोडाको नयाँ सोरुमको उद्घाटन पाँच नम्बर प्रदेशका उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका हुन् ।

‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभुत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बुटबलमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा सोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ,’ एमएडब्लु स्कोडाका रौनक अग्रवालले भने, ‘यो फेसिलिटीले पश्चिमी नेपालमा हाम्रो उपस्थितिलाई झनै बलियो बनाउनेछ ।’

स्कोडाको नयाँ डिलर रोडवेज लाइफस्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस