aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लमजुङको घलेगाउँमा मोटरहेड नाइट आउट राइड सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
लमजुङको घलेगाउँमा मोटरहेड नाइट आउट राइड सम्पन्न

काठमाडौं । हाल युवा राइडरमाझ प्रचलित नाइट आउट ट्रेन्डलाई पछ्याउदै मोटरहेडले समेत यस्तै कार्यक्रम आयोजना गरेको छ । मोटरहेडको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडको नवलपरासी, कावासोतीस्थित डिलर दीपक मोटरसाइकल सोरुममार्फत सो कार्यक्रम सम्पन्न गरिएको हो । 

गत विहीबार  सोरुमबाट लमजुङ घलेगाउँ हुँदै भुजुङ सम्म पुगेका मोटरहेड बाइक राइडरहरु विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए । मोटरहेडका विभिन्न मोडलका बाइकमा सवार १५ राइडर मध्ये कार्यक्रममा उत्कृष्ट राइडरहरुलाई पुरस्कृत समेत गरिएको थियो । उनीहरु त्यही बसेर नाइट आउट कार्यक्रम गरेका थिए । 

आफ्ना अन्य क्षेत्रका ग्राहकहरुलाई पनि आगामी दिनमा यस प्रकारको कार्यक्रममा सहभागी गराउने बिक्री प्रबन्ध सुरेन्द्र कार्कीले जानकारी दिए । यसबाट आन्तरिक पर्यटनको प्रवद्र्धन हुने र ग्राहक तथा कम्पनीबीचको सम्बन्ध समेत सुमधुर हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस