aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भारतमा हरेक महिना २७ लाख डिम्याट खाता खुल्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
भारतमा हरेक महिना २७ लाख डिम्याट खाता खुल्छन्

एजेन्सी । भारतको तीन वर्षमा शेयर लगानीकर्ता दोब्बर भएका छन् । हरेक महिना २७ लाख डिम्याट खाता खुल्ने गरेका छन् ।  पछिल्लो तीन वर्षमा भारतमा डिम्याट खाता खोल्नेको संख्या तीव्र गतिमा बढेको छ । यस अवधिमा प्रत्येक महिना १२ लाख भन्दा बढी डिम्याट खाताहरू खोलिएका छन्। यसरी तीन वर्षमा डिम्याट खातावालाको कुल संख्या दोब्बर भएको छ ।

सोमबार लोकसभामा लिखित प्रश्नको जवाफमा यस्तो तथ्यांक दिइएको हो । भारतको धितोपत्र नियामक निकाय सेक्युरिटी बोर्ड अफ इण्डिया(सेबी)का अनुसार हाल ७.३८ करोड डिम्याट खाताहरू छन्। यी बाहेक म्युचुअल फण्डका लगानीकर्ताको संख्या करिब २ करोड ७५ लाख र सेबीमा दर्ता भएका छन् । 

पछिल्लो समय डिम्याट खाता खोलेर शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०१८–१९ मा, डिम्याट खाताको संख्या ३.५९ करोड थियो । जुन चालू आर्थिक वर्षको अक्टोबरको अन्त्यमा ७.३८ करोड पुगेको  छ । पछिल्लो ३१ महिनामा ३.७९ करोड नयाँ डिम्याट खाता खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस