
काठमाडौं । प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकले साउन २२ गते विशेष साधारण सभा बोलाएका छन् । कम्पनीले साउन ५ गते बसेको बैठकबाट प्राइमले कन्काईलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न दुवै बैंकले साधारण सभा बोलाएका हुन् ।
प्राइमले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ ।
त्यस्तै, कन्काईले सोही समयमा गोर्खा डिपार्टमेन्ट स्टोर, झापामा विशेष साधारण सभा डाकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कन्काई विकास बैंकको शेयर कारोबार रोक्का गरिसकेको छ ।
प्राइम बैंकले एक्वायर गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि जेठ २३ गतेदेखि कन्काईको शेयर कारोबार रोक्का गरिएको हो । प्राइमले भने सभा गर्न साउन १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । साउन १३ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । अब एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि कन्काईका लगानीकर्ताले प्राइमको शेयर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस