aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

हाल कायम कम्पनीको चुक्तापूँजी ६ करोड ६० लाखको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस १० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते बिहीवार एक दिन बुक क्लोज गर्ने गर्ने भएकाले बुधवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष भने आकर्षक लाभांश प्रस्ताव गरेको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३५ रहेको छ । यस अवधिसम्म कम्पनीले रू. १३ लाख ७७ हजार खुद नाफा गरेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. ५ करोड ३६ लाख ९३ हजार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस