
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गतेको सञ्चिालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत गनद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा गर्ने मिति समेत तय गरिसकेको छ । मंसिर २८ गतेको सञ्चालक समितिको बैठकलेनै कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभा प्रयोजनका लागि लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधरामा पुस ८ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस