aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

विद्युतीय गाडी उत्पादनका लागि भारतले गर्यो ठूलो राहतको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
विद्युतीय गाडी उत्पादनका लागि भारतले गर्यो ठूलो राहतको निर्णय

एजेन्सी । बुधबार बसेको भारतको मन्त्रिपरिषद्को बैठकले विद्युतीय गाडीमा प्रयोग हुने चिप उत्पादनको हब बनाउन ७६ हजार करोडको योजना स्वीकृत गरेको छ । यो प्रोत्साहन योजना हालैका चिप अभावका कारण उत्पन्न समस्याबाट ठूलो राहत मिल्ने बताइएको छ । 

योजना अन्तर्गत भारतमा चिप उत्पादन कारखाना स्थापना गर्ने कम्पनीहरूलाई प्रदान गरिने सब्सिडी सहित धेरै प्रोत्साहन रहेका छन् ।  सेमिकन्डक्टरको केसमा देशलाई आत्मनिर्भर (आत्मनिर्भर भारत) बनाउने दिशामा यसलाई ठूलो कदम मानिएको छ ।

सरकारले भारतमा अर्धचालक उत्पादन इकोसिस्टम सिर्जना गरेको छ । जसमा सेमीकन्डक्टर वेफर फेब्रिकेशन इकाई स्थापना गर्न खर्च हुने पूँजीमा २५ प्रतिशत अनुदान समेत समावेश छ । त्यस्तै, एसेम्बलिङ, परीक्षण प्याकेजिङ्ग र चिप डिजाइनका लागि प्रोत्साहन दिन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस