aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

खानीखोला हाइड्रोपावरको साधारण सभा पुस ३० गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
खानीखोला हाइड्रोपावरको साधारण सभा पुस ३० गते

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस ३० गते विगत तीन आर्थिक वर्षको संयुक्त बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष ०७५/७६ देखि ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारितका लागि सभा गर्ने निर्णय गरेको हो ।

सभाका लागि लाभांश प्रस्ताव भने गरेको छैन् । यो सभा प्रयोजनका लागि कम्पनीले पुुस ९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ७० लाख १९ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी रू. २ करोड १२ लाख ९० हजार खुद नोक्सानीमा थियो । यस वर्ष खुद नोक्सानीमा सुधार गर्दै कम्पनीले खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै खुद नाफामा सुधार आएको हो । गत वर्ष विद्युत विक्रीबाट रू. २ करोड ९१ लाख ८४ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ५७ लाख ३२ हजार आम्दानी गरेको हो । गत वर्ष रू. २ करोड ९ लाख ४ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ४८ लाख ८७ हजार यो नाफा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४६ करोड ५७ लाख १४ हजार छ । कम्पनीको जगेडा कोष रकम भने रू. ४ करोड ३० लाख ३७ हजार ऋणात्मक छ । दिर्घकालिन कर्जा रू. ८७ करोड २१ लाख ६८ हजार रहेको छ । गत वर्ष यो रकम रू. ८६ करोड ७४ लाख ७१ हजार थियो । कम्पनीको पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. ९० दशमलव ७६ छ । 
 

प्रतिक्रिया दिनुहोस